२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

पेट्रोलको मूल्य लिटरमा ११ रुपैयाँले घट्यो

आइतवार , आश्विन २८, २०८०

काठमाडौं, २८ असोज । 
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

घटेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र  डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ । स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो ।

newskarkahna-news585390..jpg