२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी

मंगलवार , आश्विन २३, २०८०

रुपन्देही, २३ असोज ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पराजित गर्दै अर्याल विजयी भएका हुन । अर्यालले ७७६ मत प्राप्त गरे । त्यस्तै श्रेष्ठले ६८९ मत प्राप्त गरे ।

त्यस्तै अर्याल प्यानलबाटै उद्योग उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । ७७८ मत ल्याएर भट्टराई विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नविन प्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरे । त्यस्तै महासचिवमा अर्याल प्यालनकै मुक्तिप्रसाद अधिकारी ७६० मत प्राप्त गरी विजयी भएका छन् । महासचिवका अर्का उम्मेदवार बाबुराम वि.क.ले ६९८ मत प्राप्त गरे । 

कोषाध्यक्षमा ८०९ मतका साथ अर्याल प्यानलकै बसन्त प्रसाद ढकाल विजयी भएका छन । कोषाध्यक्षका अर्का उम्मेदवार प्रकाश कुमार श्रेष्ठले ६४४ मत प्राप्त गरे । सचिवमा भने अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गर्दै श्रेष्ठ प्यानलका प्रतिक पोखरेल ७२३ मत ल्याएर विजयी भए । गैरेले ७०७ मत प्राप्त गरे ।

सह–कोषाध्यक्षमा अर्याल प्यानलबाटै धनकुमारी खनाल (सबिता) विजयी भइन् । उनले ८३० मत प्राप्त गरिन । सह–कोषाध्यक्षका उम्मेदवार जाकिर हुसैनले ६३३ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा यसअघि नै टंक प्रसाद गैरे निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा पनि विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

संघको २५ औं अधिवेशन अन्र्तगत सोमबार भएको निर्वाचनमा १ हजार ७ सय ७८ मतदाता रहेकामा १ हजार ५ सय ६ मत खसेको थियो ।

387587363_183415358129546_6905552299444070548_n.jpg
370219467_666003481959173_8651544997536443831_n.jpg