२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम 

आइतवार , आश्विन २१, २०८०

भैरहवा, २१ असोज । 
विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको आयोजना तथा आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि. ब्रोकर नम्बर ५७ को ब्यवस्थापनमा धितोपत्र बजारसम्बन्धि लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । 

आधारभूत तहका लगानीकर्ताहरुलाई धितोपत्र बजारमा सुरक्षित लगानीका लागि सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । 

सो कार्यक्रममा नेपाल धितोपत्र बोर्डकी सहायक निर्देशक सिए नमूना जोशीले शेयर बजारसम्बन्धि आधारभूत कुराको जानकारी दिदै राम्रोसँग अध्ययन गरेर मात्र शेयर बजारमा प्रवेश गर्नुपर्ने बताइन् । उनले सूचीकृत कम्पनीका विवरण, वित्तीय अवस्थाबारे बुझ्न लगानीकर्ताहरुलाई आग्रह गरिन् ।

शेयर बजारका जानकार उपेन्द्रराज पाठकले विगत २ दशकदेखि आफूले दोश्रो बजारमा प्रवेश गरेको जानकारी दिदै विचार नगरी शेयर किनबेच गर्दा नोक्सान व्यहोर्नुपर्ने बताए । बजार घटबढ हुनुलाई स्वभाविक मान्नुपर्नेमा जोड दिदै उनले नियामक निकायहरुले लगानीकर्ताहरुको सुरक्षाको लागि विशेष ख्याल गर्नुपर्ने आवश्यकता औल्याए । 

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक गुणानिधि भुसालले शेयर कारोबार गर्ने लगानी कर्ताहरुको अधिकतम हितलाई ध्यानमा राखेर स्टक ब्रोकरहरुले काम गरिरहेको जानकारी दिए । 

कार्यक्रम आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि. भैरहवा शाखाका प्रमुख रेवतीरमण भट्टराईको स्वागत तथा बुटवल शाखाका प्रमुख टेकराज भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।