२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

उद्योग व्यापार संगठन रुपन्देहीको प्रवक्तामा पाण्डे

आइतवार , आश्विन २१, २०८०

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, २१ असोज ।
    चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को सूचना तथा सञ्चार उपसमितिको संयोजक (प्रवक्ता) को जिम्मेवारी कृष्ण प्रसाद पाण्डेले पाएका छन् । संगठनको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट पाण्डे सचिव पदमा सर्वसम्मत निर्वाचित भएका थिए ।

    असोज २० र २१ गते कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानीस्थित होटल थ्री एस प्रा.लि. मा वार्षिक कार्ययोजना तय गर्न बसेको बैठकले पाण्डेलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो ।

    पाण्डे स्टेशनरी व्यवसायी हुन् । उनी भैरहवाको बर्मेलीटोलस्थित रेसुंगा स्टेशनरीका सञ्चालक हुन् ।