
शुक्रवार , आश्विन १९, २०८०
काठमाडौं, १९ असोज ।
नेकपा एमाले सांसद रघुजी पन्तले बढिरहेको महंगीले जनतालाई नजिकिएको दशैं मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महंगीले थलिएका जनताले यसपालिको दशैं कसरी मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
दाल, चामललगायत खाद्यान्नसहितको उपभोग्य वस्तुमा महंगी बढेको र यसले जनतालाई मारमा पारे पनि सरकारले वेवास्ता गरेको उनको कटाक्ष थियो ।
कविताको शैलीमा तरकारी र खाद्यान्नको भाउ महंगीएको भन्दै उनले भने, ‘खल्तीमा तलब हालेर हिँडियो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको २५०, बजार भाउ सुन्दा गुम्छ होसहवास, तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ, गोलभेंडाले के किन्लास् र तँले भनेर आँखा तर्छ, दशैं पेश्की आउने कहिले कहिले, पेश्कीमा महंगी आयो, सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो, आउन लागेको दशैं सम्झेर जनता मुर्छा पर्छ, सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ ?’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij