२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

विपन्न परिवारलाई रुपन्देही युवा समूहको सहयोग

आइतवार , श्रावण १८, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares

  • भैरहवा, १८ साउन । 

    रुपन्देही युवा समूहले विपन्न परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । इस्लाम धर्मालम्बीहरुको महान पर्व इद-उल-अजहा (बकर ईद)को अवसर पारेर लकडाउनका कारण समस्यामा परेका मुस्लिम समुदायका परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको समूहका अध्यक्ष विशाल गुप्ताले बताए ।

    विपन्न परिवारलाई चाडपर्व मनाउन थोरै भए पनि सहज होस् भन्ने उद्देश्यले १० घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक सुनिल यादवले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही युवा समूहका संस्थापक आनन्द प्रसाद गुप्ताले समूहले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।
    समूहका महासचिव कृष्ण खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।