बिहिवार , माघ १५, २०७७
बुटवल, १५ माघ ।
देशको आर्थिक विकासमा टेवा दिएका क्रसर व्यवसायीलाई सरकारले वेवास्ता गरेको गुनासो गरेका छन् । नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको तयारीबारे जानकारी दिन बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका संस्थापक अध्यक्ष उमेश शेरचनले सरकारको आफुहरुप्रतिको नकारात्मक सोच अन्त्य गर्न आग्रह गरे ।
देशकै अर्थतन्त्र उकास्ने रुपमा रहेको ढुंगागिट्टी कारोबार गर्ने व्यवसायलाई चलायमान राख्न देशका विभिन्न १ सय ९ उपयोगविहीन डाडा क्रसर निकाल्न सकिने भन्दै यसतर्फ सरकारको ध्यान दिन उनले आग्रह गरे । व्यवसायीमा लाइसेन्स नविकरणको अहिले सबैभन्दा ठूलो समस्या रहेको उनले बताए । रातारात अवैधको धब्बा सरकारले लगाउँदा आफुहरुको लगानी मर्कामा परेको बताए । खोलाबाट २५ मिटर दुरीबाट एकाएक ५ सय मिटर तोकिनु सरकारको गलत निर्णय भएको उनले बताए । केही व्यवसायीको कारण आफुहरु पीडामा परेको बताए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सिताराम न्यौपाने, उपाध्यक्ष शिव पाठक, महासचिव पुरुषोत्तम रेग्मी, लुम्बिनी प्रदेशका संयोजक गोपाल ज्ञवालीले कार्यक्रम सफल बनाउन आग्रह गरे । देशभर ५ सय हाराहारीमा क्रसर व्यवसायी छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij