२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

बुटवल उद्योग वाणिज्य संघमा अर्याल प्यानलको उम्मेदवारी घोषणा

शुक्रवार , आश्विन १२, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • रुपन्देही, १२ असोज ।
    बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको नयाँ नेतृत्वको लागि हरिप्रसाद अर्याल प्यानलको उम्मेवारी घोषणा गरिएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी उम्मेवारी घोषणा गरिएको हो ।

    यही असोज १९ देखि २२ गतेसम्म हुन लागेको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशनबाट संघको नेतृत्वको लागि अध्यक्ष पदमा संघका पूर्व वाणिज्य उपाध्यक्ष समेत रहेका हरिप्रसाद अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । यो प्यानलले आफूलाई समावेशी प्यानल भएको दावी गरेको छ ।

    अर्यालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्ति अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सह–कोषाध्यक्ष पदमा धनकला खनालले उम्मेदवारी घोषणा गरेका छन् ।

    दिनेश प्रसाद श्रेष्ठ प्यानलमा समेत वरिष्ठ उपाध्यक्षको उम्मेवाररका रुपमा खुलेका टंक प्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा खुलेका विमल भट्टराई पनि अर्याल प्यानलले आफ्नो समूहमा राखेको छ । घोषणा सभामा पूर्व अध्यक्षहरु महेशमान सिंह र खेम हमाल पनि उपस्थित रहेका थिए ।
    उम्मेदवारी घोषणा गर्दै अध्यक्ष पदका उम्मेदवार अर्यालले गौरवमय इतिहास बोकेको बुटवल उद्योग वाणिज्य संघले नयाँ सोंच, कार्यशैली, व्यवसायीमैत्री कार्यक्रम दिन सक्ने चलायमान नेतृत्वको आवश्यकता महसुस गरी आफ्नो नेतृत्वमा उम्मेदवारी दिन गईरहेको बताए । उनले उम्मेदवारी घोषणा गर्दै आफू र आफ्नो समूह विजयी भएमा ११ बँुदे प्राथमिकता पनि राखेका थिए ।