
आइतवार , श्रावण १८, २०७७
बुटवल, १८ साउन ।
बुटवल फर्निचर उद्योग संघको शनिबार सम्पन्न २० औ साधारणसभा तथा दशौ अधिवेशनले युवा उद्यमी सुरेन्द्र ज्ञवालीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
जसको प्रथम उपाध्यक्षमा तेज प्रसाद पराजुली, द्घितीय उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा अशोक कुवर, कोषाध्यक्षमा नेत्र रुचाल, सचिवमा बाल बहादुर गोदार र सह–कोषाध्यक्षमा चक्र खड्का चयन भएका छन । त्यसै गरी सदस्यहरुमा केशव पौडेल, वृजमोहन चौधरी, कृष्ण अधिकारी, निरज तिवारी, भोजराज पाण्डे, झविन्द्र खत्री र प्रेम गौतम निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त लोक प्रसाद खरेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij