
मंगलवार , आश्विन २, २०८०
काठमाडौं, २ असोज ।
बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ । राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको विक्री मूल्य बढाउने निर्णय गरेको हो ।
जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको संघका सचिव देव गिरीले बताए । नयाँ निर्णयअनुसार जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ पुगेको छ । पछिल्लो ८ दिनमा ३ पटक मूल्यवृद्धि भएको हो।
२५ भदौमा संघले कुखराको प्रतिकेजी मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ पुर्याएको थियो । त्यसलगत्तै २७ भदौमा पुनः किलोमा १० रुपैयाँले बढाएर ब्रोइलरको कोल्डस्टोर मूल्य २७० रुपैयाँ पुर्याइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij