२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

उद्योग वाणिज्य तथा उपभोक्ता समिति सभापतिमा अब्दुल खान निर्विरोध निर्वाचित

सोमवार , भाद्र ११, २०८०

काठमाडौं, ११ भदौ । 
प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार बसेको समिति बैठकमा जनमत पार्टीका सांसद खान निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । 

आइतबार मनोनयन दर्ताका क्रममा दुईजनाको उम्मेदवारी परेको थियो । तर, सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै खान निर्विरोध निर्वाचित भएका हुन् ।