
आइतवार , भाद्र १०, २०८०
पेरिस, १० भदौ ।
युरोपेली देश फ्रान्सले मदिरा नष्ट गर्न करोडौं युरो खर्च गर्ने भएको छ । युरोपेली देश फ्रान्स राम्रो वाइनको लागि संसारभर प्रसिद्ध छ । यद्यपि युरोपेली देश अहिले अत्यधिक उत्पादनको समस्यासँग जुधिरहेका छन् ।
युरोपियन युनियनले यसअघि फ्रान्सलाई आफ्नो वाइन नष्ट गर्न १६ करोड युरो (लगभग २३ अर्ब रुपैयाँ) रकम विनियोजन गरेको थियो ।
फ्रान्सेली सरकारले अतिरिक्त मदिरा नष्ट गर्न र उत्पादकहरूलाई सहयोग गर्न कुल २ सय मिलियन डलर (२६ अर्ब रुपैयाँ) खर्च गर्ने निर्णय गरेको छ ।
समाचार अनुसार वर्तमानमा फ्रान्सका प्रमुख वाइन उत्पादन गर्ने क्षेत्रका बोर्डहरूले धेरै मुद्दाहरू सामना गरिरहेका छन्, जसमा उपभोक्ताको बानीमा परिवर्तन र नयाँ जीवनको दिनचर्यामा आएको परिवर्तनले संकट सिर्जना गरेको छ ।
कोभिड–१९ महामारीको प्रभावले वाइन उद्योगको समस्या पनि बढिरहेको छ । विश्वभरका रेष्टुरेण्ट र बार बन्द भएपछि मदिराको विक्रीमा ठूलो गिरावट आएको छ ।
बीबीसीको रिपोर्टका अनुसार युरोपेली आयोगको तथ्यांकले यो वर्ष युरोपमा मदिराको खपतमा ठूलो कमी आएको देखाएको छ । त्यसमध्ये इटाली ७ प्रतिशत, स्पेन १० प्रतिशत, फ्रान्स १५ प्रतिशत, जर्मनी २२ प्रतिशत र पोर्चुगल ३४ प्रतिशतले घटेको छ । यद्यपि, यस अवधिमा युरोपेली संघ ब्लकमा वाइन उत्पादन ४ प्रतिशतले बढेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij