२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

एनआइसी एसिया बैंकले १०० भन्दा बढी घरजग्गा बिक्री गर्दै

शुक्रवार , भाद्र ८, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौ, ८ भदौ । 
    एनआइसी एसिया बैंकले देशका विभिन्न स्थानमा रहेका १०३ कित्ताभन्दा धेरै घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकले शुक्रबार सूचना प्रकाशित गरेर लिलामी सकारेर पनि विक्री हुन नसकिरहेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको पुनः बिक्री गर्न लागेको जनाएको छ । 

    बैंकले कपिलवस्तु, रुपन्देही, नवलपरासी, गुल्मी, रौतहट, सिराहा, मकवानपुर, काठमाडौंलगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो । यसको लागि बैंकले ७ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।
    यसरी गैर बैंकिङ सम्पतिहरु बिक्री हुन सकेमा त्यसबाट बैंकको वित्तीय स्वास्थ थप मजबुत बनाउन सहयोग पुग्नेछ । बैंकले कर्जा प्रवाह गर्दा समयमा साँवा–ब्याज असुली नभएपछि धितोमा राखेका गैर बैंकिङ सम्पतिहरु लिलाम गरेर सकारेको हो । ती सम्पति पुनः बिक्री गर्न पाइन्छ । यसरी विक्री भएपछि त्यसलाई वासलतमा देखाउन पाइन्छ ।