२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ७१ हजार कित्ता संस्थापक सेयर विक्रीमा

शुक्रवार , भाद्र ८, २०८०

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • काठमाडौ, ८ भदौ । 
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर विक्रीमा ल्याएको छ । बैंकले ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबारदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

    बैंकको केन्द्रीय कार्यालय, दरवारमार्ग काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर विक्री गरिने बैंकले जनाएको छ ।