२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

लगातार बढेको सुनको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , भाद्र ८, २०८०

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काठमाडौ, ८ भदौ । 
    लगातार बढेको सुनको भाउ आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ ।

    त्यसै गरी तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको थियो । 

    शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो । 

    अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १ हजार ९१४.४१ डलरमा र चाँदी प्रतिऔंस २४.०५ डलरमा कारोबार भइरहेको छ ।