२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रेमिट्यान्स २१.२ प्रतिशतले बढ्यो, एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब

शुक्रवार , भाद्र १, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १ भदौ । 
    नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.२ प्रतिशतले वृद्धि भएको जनाएको छ । शुक्रबार विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ भित्रिएको जनाएको छ ।

    अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भइ ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।