२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

८०० रुपैयाँले घट्याे सुनको मूल्य

बिहिवार , श्रावण ३२, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौ, ३२ साउन । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ घटेको छ।  सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन  १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  


    बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।