२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

सत्ताधारी नेतालाई छानबिनको डरले समिति बनाइएन : योगेश भट्टराई

बिहिवार , श्रावण ३२, २०८०

महोत्तरी, ३२ साउन । 
नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी दलका उच्च तहका नेताहरु सुन काण्डमा संग्लन भएको दावी गरेका छन् । उच्चस्तरीय छानबिन समिति बनाएर अगाडि बढ्दा अर्थमन्त्रीदेखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छनबिन समिति नबनाएको उनको तर्कसमेत छ ।

उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन महोत्तरी आइपुगेका सचिव भट्टराईले संसद् अवरुद्ध आफूहरुको रहर नभएको पनि बताएका छन् । एमालेले गरेको संसद् बैठक अवरुद्धलाई लिएर धेरैले थुप्रै प्रश्न उठाएका छन् । उनले भने, ‘हाम्रो माग एउटै हो उच्चस्तरीय छानबिन समिति बनोस्, निष्पक्ष छानबिन होस् ।’

उच्चस्तरीय छानबिन समितिले गृहमन्त्रीलाई समेत नछोडने भएकाले प्रधानमन्त्री प्रचण्डले नै यसलाइ रोकेको सचिव भट्टराईको आरोप छ । २०७९ को निर्वाचनमा अपेक्षित परिणाम नआएको हुनाले देशमा अहिले भ्रष्टाचार र अपराधी गतिविधि बढेको जिकिर गर्दै भट्टराईले त्यसै कारणले पनि नेकपा एमालेले मिसन २०८४ बनाएको बताए । मिसन २०८४ निर्वाचन केन्द्रित भएको बताउदै उक्त निर्वाचनमा स्थानीयदेखि संघसम्म एमालेको नै बहुमत हुने भट्टराईले जिकिर गरेका छन् ।