
शुक्रवार , श्रावण २६, २०८०
भैरहवा, २६ साउन ।
सेन्ट्रल फाईनान्स लिमिटेड भैरहवा शाखाले वित्तीय साक्षरता तथा डस्टबीन वितरण कार्यक्रम गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित मदरसा अरबीया अशरफिया फैजुल इसलाममा उक्त कार्यक्रम गरिएको भैरहवा शाखा प्रबन्धक अरुण अधिकारीले बताए ।
कार्यक्रममा डस्टबीन ७ थान, कलम १०० पिस, ज्यामेट्री बक्स २५ पिस वितरण गरिएको अधिकारीले जानकारी दिए । ‘सेन्ट्रल फाईनान्स लिमिटेडले वित्तीय कारोबारसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम गर्दै आएको छ, ’उनले भने ।
अकबाल अहमद नाउको सञ्चालनमा भएको कार्यक्रममा मदरसाका प्रधानाध्यापक फैजुल्लाह मुसलमान, शिक्षक, विद्यार्थी, सेन्ट्रल फाईनान्स लिमिटेडका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij