२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

सिटिजन्स बैंकका ग्राहकलाई चौराह अस्पतालमा छुट

शुक्रवार , श्रावण २६, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल, २६ साउन । 
    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कालिकानगर शाखा र चौराह अस्पताल प्रा.लि. बीच सिटिजन्स बैंकका कर्मचारी र कार्ड होल्डरहरुलाई छुट दिने सम्झौता भएको छ । बैंकका कर्मचारी, कार्ड होल्डरहरुलाई स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको हो । 

    बिहीबार बैंकको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठ र अस्पतालकोतर्फबाट प्रबन्ध निर्देशक बिरु भण्डारीबीच सेवा उपलब्ध गराउनेबारे ४ बुँदे सम्झौता गरिएको हो ।

    बैंकका कर्मचारीहरु तथा बैंकको मोबाइल बैकिङ, प्रीभिएलेज कार्ड, कार्ड होल्डरहरुलाई तथा सबै प्रकारका ग्राहकहरुलाई अस्पतालको विभिन्न सेवामा छुट दिने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको सिटिजन्स बैंक कालिकानगरका शाखा प्रबन्धक किरण कुमार केसीले बताए ।

    एक वर्षसम्म लागू हुने गरी अस्पतालको ल्याबमा १० प्रतिशत, आइसीयू बेड चार्ज/एचडीयु बेड चार्जमा ५ प्रतिशत, जनरल बेड चार्जमा १० प्रतिशत, न्यूरो सर्जरीमा १० तथा अर्थो र जनरल सर्जरीमा ५/५ प्रतिशत, न्यूरो सर्जरीमा ५, डेण्टलमा १० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा ५ प्रतिशत र सिटी स्क्यानमा १० प्रतिशत छुट दिने सम्झौता भएको हो  । 

    कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका लुम्बिनी प्रदेश क्लस्टर प्रमुख सञ्जय पुन, कालिकानगर शाखाका सहायक शाखा प्रमुख सुरज क्षेत्री, डीआरओ रवि काफ्ले, अस्पतालका अर्थोपेडिक सर्जन डा.मदन ज्ञवाली, चौराह अस्पताल प्रा.लि.का जनसम्पर्क तथा सूचना अधिकृत जनक कुंवर, लुम्बिनी प्रदेश क्लस्टर प्रमुख सञ्जय पुनले सेवाग्रही लाई प्रथामिकता दिने आगामी दिनहरुमा अझ साझेदारीका कार्यक्रमलाई जोड दिने बताए ।