
बुधवार , श्रावण २४, २०८०
भैरहवा, २४ साउन ।
नेपाल रेडक्रस सोसाइटी बेलहिया उप–शाखा, रुपन्देहीको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एकदिने अभिमुखीकरण तालिम मंगलबार भैरहवामा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको सभाहलमा भएको कार्यक्रममा सिद्धार्थनगरका १३ वटै वडाबाट २/२ जना स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको रेडक्रस बेलहिया उप–शाखाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक माधव शर्माले बताए । डेंगी नियन्त्रण तथा रोकथाम अभियानलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शर्माले जानकारी दिए ।
रेडक्रस बेलहिया उप–शाखाका सभापति सुमन शर्माको सभापतित्व, रेडक्रस रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलको विशिष्ट आतिथ्यता, रेडक्रस रुपन्देहीका कोषाध्यक्ष सुशील गुरुङ र रेडक्रस सिद्धार्थ उपशाखाका निवर्तमान सभापति बसन्त कुमार लाल कर्णको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा रेडक्रस सिद्धार्थ उपशाखाका सचिव राजेश जि.सी र रेडक्रस रुपन्देही वरिष्ठ अधिकृत कृष्ण मल्लले सहजीकरण गरेका थिए । रेडक्रस बेलहिया उप–शाखाका सचिव राकेश गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij