
बुधवार , माघ ७, २०७७
भैरहवा, ७ माघ ।
काशी सिनेप्लेक्स प्रा.लि. भैरहवाले चलचित्रको टिकटमा ५० प्रतिशत छुटको सुविधा दिएको छ । लामो समयसम्म बन्द रहेको चलचित्र घर खोल्ने सरकारको निर्णय भएसंगै माघ १ गतेदेखि काशी सिनेप्लेक्स प्रा.लि.ले चलचित्र प्रदर्शन गर्न सुरु गरेको छ ।
बुधबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै काशी सिनेप्लेक्समा फिल्न हेर्न आउने दर्शकका लागि टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको प्रा.लि.ले जनाएको छ ।
सरकारले तोकेको मापदण्ड अनुसार नै फिल्म हल सञ्चालनमा ल्याइएको काशी सिनेप्लेक्स प्रा.लि.का अध्यक्ष ओम जैसीले बताए । नेपाल चलचित्र संघ पश्चिमाञ्ल समितिका अध्यक्ष समेत रहेका जैसीले विगत १० महिनादेखि बन्द रहेका सिनेमा हलले करौडौं घाटा व्यहोर्नुपरेको बताए । ‘हामीले पटकपटक डिमान्ड चार्ज र चलचित्र विकास शुल्क मिनाहा गर्न सरकारलाई आग्रह गर्दै आएका छौं, तर चलचित्र क्षेत्रलाई कुनै किसिमको राहत उपलब्ध गराइएको छैन्, ’उनले भने ।
नेपाल चलचित्र कलाकार संघका केन्द्रीय सदस्य उद्धवराज भट्टराईले कोभिड–१९ लाई मध्यनजर गर्दै सिनेमा हलमा आउने दर्शकहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने बताए ।
अग्रज पत्रकार चेतन पन्तले मनोरञ्जनको ठूलो महत्व रहेको बताए । उनले ढिलोचांडो चलचित्र घर सञ्चालनमा आएको र यसलाई निरन्तरता दिनुपर्ने बताए ।
लुम्बिनी प्रेस क्लबको सचिव शंकर पाण्डेले काशी सिनेप्लेक्स प्रा.लि. सिद्धार्थनगर र यस क्षेत्रकै गहनाको रुपमा रहेको बताए । उनले चलचित्र क्षेत्रलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।
चलचित्र संघ पश्चिमाञ्चल समितिका अध्यक्ष ओम जैसीका अनुसार रुपन्देहीमा १५ वटा र साविक पश्चिमाञ्चल विकास क्षेत्रमा ५६ वटा सिनेमा हलहरु छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij