
मंगलवार , श्रावण २३, २०८०
भैरहवा, २३ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराले केही दिन अझै वर्षाको सम्भावना रहेकाले सचेत र सुरक्षित रहन आग्रह गरेका छन् । उनले लगातार भारी वर्षाको कारण नदीको जल सतह बढ्ने र पहिरो जाने सम्भावना बढेको हुँदा सुरक्षित रहन सबैमा आग्रह गरेका हुन् ।
मंगलबार सामाजिक संजाल फेसबुकमा सांसद् बोहराले लेखेका छन्, ‘नदी वरपरको बासिन्दाहरुलाई सचेत रहन र सुरक्षित स्थानमा रहन हुन समेत आग्रह गर्दछु । ’
भारी वर्षाका कारण बाढी पहिरोको सम्भावना रहेको हुँदा तयारी अवस्थामा रहन राप्रपाका सम्पूर्ण तह र तप्काका साथै आम जनसमुदायमा अपील गर्दै प्रभावितहरुलाई आवश्यक सहयोग गर्न उनले आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij