२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

बुटवल राउण्ड टेबल २८ को अध्यक्षमा निरज लाकौल 

मंगलवार , श्रावण २३, २०८०

बुटवल, २३ साउन ।
बुटवल राउण्ड टेबल २८ को पाँचौ वार्षिक साधारणसभाबाट अध्यक्षमा निरज प्रसाद लाकौल निर्वाचित भएका छन् । साधारणसभाबाट उपाध्यक्षमा प्रदिप शाक्य, सचिवमा रिषव वझा र कोषाध्यक्षमा अनिश कसौधन निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा विवेक कसौधन, सुमित वझा, प्रमित बज्राचार्य र नितिस पटवा निर्वाचित भएका छन् । 

364439058_1039607880732297_9121344826471758848_n.jpg
निरज लाकौल 

कार्यक्रममा निवर्तमान अध्यक्ष उमेश अमात्यले आफ्नो कार्यकाल (२०२२–२३) को कार्यक्रम प्रगति र आर्थिक विवतण प्रस्तुत गरेका थिए । 

त्यस्तै कार्यक्रममा पूर्व अध्यक्षहरु अखिलेश गुप्ता, आशिष श्रेष्ठ, आनन्द वझा, सन्जिव श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

क्लबले गत हप्ता मात्रै देवदह नगरपालिकास्थित साईबाबा विद्या पीठ सामूदायिक विद्यालयलाई दुईवटा कक्षाकोठासहितको भवन निर्माण गरी हस्तान्तरण गरेको थियोे । 

उक्त भवन पूर्व सदस्य स्व. अनिश ह्योजुको स्मृतिमा निर्माण गरिएको थियो । सामाजिक क्षेत्रमा संस्थाले विभिन्न समयमा वृक्षरोपण, रक्तदान, सरसफाई, शिक्षा, सामाजिकलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।