२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

एक्सपर्ट एजुकेशनको २० औं वार्षिकोत्सवको अवसरमा रक्तदान

मंगलवार , श्रावण २३, २०८०

बुटवल, २३ साउन । 
वैदेशिक अध्ययनमा जानेहरुका लागि परामर्शदाताका रुपमा काम गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसेजको २० औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । अमेरिका, युरोप, अष्ट्रेलिया, क्यानडालगायतका देशमा अध्ययनमा जाने विद्यार्थीहरुलाई परामर्शको सेवा दिंदै आएको एक्सपर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवलस्थित चौराहा शाखामा रक्तदान कार्यक्रम गरेको हो । 

नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोग तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा भएको कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । कार्यक्रमको एक समारोहकाबीच नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले एक्सपर्ट नेपाल भीसा सर्भिसेज प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन कंडेललाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । 

सोअवसरमा बोल्दै समाजका अध्यक्ष चौहानले रगत अभावलाई रोक्न व्यवसायिक संघ–संस्थाहरुसँगको समन्वय र सहकार्य महत्वपूर्ण हुने बताए । सबैजसो कर्पोरेट हाउसहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमलाई प्राथमिकता दिनसके यसबाट रगत संकलनमा बढावा मिल्ने बताए । रगत अभावमा छटपटिएका बिरामीहरुलाई रगत उपलब्ध गराउने काम सबैभन्दा पुण्य काम भएको भन्दै यसमा सबैको साथ जरुरी रहेको उल्लेख गर्दै चौहानले रक्तदान अभियानमा नयाँ प्रविधि भित्र्याउन जरुरी रहेको बताए ।

कार्यक्रममा शाखा प्रमुख कंडेलले वार्षिक उत्सवका अवसरमा एक्सपर्टले विश्वभर रहेका आफ्ना सबै शाखाहरुमा विभिन्न कार्यक्रम गरिएको बताए । बुटवल शाखामा रक्तदान कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै प्रमुख कंडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद, वृद्धाश्रम लगायतमा सहयोग गर्दै आएको जानकारी दिए । 

एक्सपर्टमार्फत अष्ट्रेलिया, अमेरिका, क्यानाडा, युके अध्ययनमा जाने युवाहरुलाई परामर्शदाता दिने मात्र नभइ राज्यको लागि योगदान दिने गरी काम गर्दै आएको उनले दावी गरे । विश्वभर ४१ देशमा शाखा रहेको एक्स्पर्टको बुटवल शाखामा मात्र ४२ जनाले रोजगारी पाएका छन् ।