
मंगलवार , श्रावण २३, २०८०
भैरहवा, २३ साउन ।
खबरपात्रो मिडिया प्रा.लि.का सञ्चालक तथा रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष राम किसन विश्वकर्मालाई पत्नीशोक परेको छ । सिद्धार्थनगर–७ निवासी विश्वकर्माकी पत्नी लिला सेन्चुरीको सोमबार बेलुकी ५ बजे काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका सचिव सुनिल सेन्चुरीका अनुसार ४७ वर्षिय लिला विगत केही समयदेखि अस्वस्थ थिइन् । लिलाको मंगलबार सिद्धार्थनगर–१२ स्थित स्वर्गद्वारी घाटमा अन्त्येष्टी गरिएको छ । लिला र राम किसनका एक छोरा र एक छोरी छन् ।
रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष विश्वकर्माको पत्नी लीला सेन्चुरीको निधनको शोकमा मंगलबार यस क्षेत्रका सुनचाँदी पसल बन्द गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ व्यवसाय परामर्श समितिका संयोजक प्रेम कुमार सेन्चुरीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij