२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

इनरह्वीलको ‘एक शताब्दी’ पुगेको अवसरमा इनरह्वील बुटवलद्वारा वृक्षारोपण

मंगलवार , श्रावण २३, २०८०

बुटवल, २३ साउन ।
इनरह्वील क्लब स्थापना भएको १ सय वर्ष अर्थात् १ शताब्दी पुगेको अवसरमा इनरह्वील क्लब अफ बुटवलले वृक्षारोपण गरेको छ । इनरह्वील क्लब स्थापना भएको अवसरमा इनरह्वील क्लब अफ बुटवलले तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा रहेको शंकनगर सामूदायिक वनमा १०० वटा टिक जातको विरुवा रोपिएको क्लबका सचिव सोनाली गुरुङले जानकारी दिइन् ।

क्लब अध्यक्ष सानु श्रेष्ठले पदभारग्रहण गर्दाको दिनमा यो कार्यक्रम गर्ने घोषणा गरेअनुरूप यो कार्यक्रम गरिएको बताइन् । उनले क्लबले सामाजिक उत्तरदायित्वका कामहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन् ।

इनरह्वील क्लब अफ बुटवलका पूर्वअध्यक्ष लक्ष्मी बस्यालले इनरह्वीलको इतिहासको बारेमा बताउँदै १ सय दिनमा १ सय भन्दा बढी विरुवा रोपिनु सकारात्मक कुरा भएको बताइन् ।

शंकनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अध्यक्ष रवीन्द्र बस्नेतले वृक्षारोपण निकै राम्रो कुरा भए पनि विरुवाको संरक्षण उत्तिकै चुनौतीपूर्ण रहेको बताए । उनले समयसमयमा आफ्नो क्लबले लगाएका विरुवा हुर्काउन ध्यान दिन आग्रह गरे ।

शंकनगर सामुदायिक वन उपभोक्ता समूह उपाध्यक्ष कमला ज्ञवाली, सदस्य कृष्ण केसीलगायतले बोलेका थिए ।
क्लबका अध्यक्ष सानु श्रेष्ठको अध्यक्षता, सचिव सोनाली गुर्को सञ्चालन तथा गंगा श्रेष्ठको संयोजनमा सम्पन्न भएको थियो । कार्यक्रम उपभोक्ता समितिका पदाधिकारी सदस्य, क्लबका सदस्यहरू तथा सञ्चारकर्मीहरूको पनि सहभागीता रहेको थियो ।