२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

सुजुकी जिम्नी र फ्रोन्क्स भैरहवामा सार्वजनिक

मंगलवार , श्रावण २३, २०८०

भैरहवा, २३ साउन ।

सुजुकी एसयूभीको नयाँ संस्करण जिम्नी र फ्रोन्क्स सोमबार भैरहवामा सार्वजनिक (लन्च) गरिएको छ । पाठक मोटर्स ग्रुप प्रा.लि. तिलोत्तमा–५ मणिग्राम, रुपन्देहीले सुजुकीको नयाँ संस्करण सार्वजनिक गरेको हो । नयाँ संस्करणको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, सिजी होल्डीङका डिलर इञ्चार्ज विशाल दाहाल र पाठक मोटर ग्रुपका प्रबन्ध निर्देशक अभिषेक पाठकले संयुक्त सार्वजनिक रुपमा गरे ।

नेपालका लागि सुजुकी ब्राण्ड चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक सिजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटरक्याप तथा सिजी एनएक्सटिजिइएनले एसयूभीहरु असार २९ गतेदेखि नै बुकिङ खुल्ला गरेको थियो ।

सुजुकी जिम्नीको सुरुवाती मूल्य रु. ५९ लाख ९९ हजार रहेको छ । त्यस्तै फ्रोन्क्सको सुरुवाती मूल्य रु. ३९ लाख ९९ हजार रहेको पाठक ग्रुपका प्रबन्ध निर्देशक अभिषेक पाठकले जानकारी दिए । सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक रहेको उनले दावी गरे । यो मोडेलको माग विश्वभरी नै निकै रुचाइएको उनले बताए ।

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी भएको जुन हेभी–ड्युटील्याडर फ्रेम चेसिसमा निर्मित रहेको र यसमा पर्याप्त बडीएंगल र ग्राउण्ड क्लियरेन्सको साथ डिजाइन गरिएको पाठक मोटर ग्रुपकी म्यानेजर सर्जुना थैवले जानकारी दिइन् ।

उनले भनिन्, ‘यो एसयूभी एक समर्पित उन्नत फोर डब्ल्यूडी प्रणाली, अल ग्रिप प्रोसँग आउँछ भने ब्रेक लिमिटेड स्लिपडिफरेशियन र थ्री लिंक राइडिङ एक्सेल सस्पेन्सन जस्ताअफ–रोड सुविधाहरू समावेश गरिएको छ ।’

अफ–रोडबाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीले २२ दशमलव ६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटीकन्ट्रोल अटो टेम्परेचर कन्ट्रोल, हिनडिसेन्टकन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरेको कम्पनीले बताएको छ ।

पाठक मोटर्स ग्रुप प्रा.लिका अनुसार नयाँ सुजुकी फ्रोन्स नयाँ जेनेरेसनको स्टाइल प्रिमियम सेभेन मिश्रित एसयूभी हो । द फेस अफ न्यु एसयूभी भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिनुका साथै यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदायी र सुरक्षित अनुभुति प्रदान गर्ने कम्पनीको दावी छ ।

प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाहरुले सुसज्जित क्रोत्यसले आधुनिक नेपाली ग्राहकहरुका लागि सम्पूर्ण माग आपूर्ति गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले पाठक मोटर ग्रुपले धेरै राम्रो काम गरेको बताए । उनले सुजुकीको गाडी राम्रो र प्रभावकारी रहेको बताए । उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आएपछि यहाँ चहलपहल बढ्छ ।’

IMG_4579.JPG