२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

विपत्तिप्रति चनाखो रहौं : केपी ओली

मंगलवार , श्रावण २३, २०८०

काठमाडौं, २३ साउन । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबानबाट सर्तकता अपनाउन अनुरोध गरेका छन् ।
देशैभरी भएका अविरल वर्षाका कारण काठमाडौंलगायतका क्षेत्र डुबानमा परेपछि राजमार्गहरु अवरुद्ध भएपछि एमाले अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् । 

‘आज देशका धेरैजसो ठाउँमा अविरल वर्षा भइरहेको खबर छ, सोसियल मिडिया हेर्यो कि बाढी, पहिरो र पानीको सतह बढेका विभिन्न ठाउँका तस्बिर र भिडिओहरु धेरै आइरहेका छन्,’ ओलीले भनेका छन, ‘वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहौं, सबैको दिन शुभ रहोस् ।