२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

लायन्स भैरहवा, सिद्धार्थनगर युथ र भलवारीद्वारा वृक्षारोपण

सोमवार , श्रावण २२, २०८०

भैरहवा, २२ साउन ।
लायन्स क्लब अफ भैरहवा, लायन्स क्लब अफ सिद्धार्थनगर युथ र लायन्स क्लब अफ भलवारीको संयुक्त आयोजनामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा वृक्षारोपण गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२३/०२४ का अध्यक्ष सन्दिप नाथ गोंगलले बताए । कार्यक्रममा आँप, पिपल, कदमलगायत गरी ११० वटा विरुवा रोपिएको गोंगलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले वातावरण संरक्षणका लागि वृक्षारोपण अपरिहार्य रहेको बताए । उनले आगामी दिनमा पनि वृक्षारोपणसँगै विरुवाको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा लायन्स डिष्ट्रिक एडभाइजर एवं लायन्स क्लब अफ भैरहवाका अध्यक्ष गणेश बहादुर क्षेत्री, डिष्ट्रिक को–चिफ एडभाइजर अरुण गोयनका, रविन्द्र शर्मा घिमिरे, लुम्बिनी विकास कोषका वनस्पत्ति विभाग प्रमुख कमलेश वर्मा, सूचना शाखा अधिकृत राजन बस्नेतलगायतले बोलेका थिए ।

लायन्स क्लब अफ भैरहवाका अध्यक्ष अर्जुन न्यौपानेको अध्यक्षता, लायन्स सिद्धार्थनगर युथका अध्यक्ष सन्दिप नाथ गोंगलको स्वागत तथा लायन्स भलवारीका अध्यक्ष मिन तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
लायन्स क्लब अफ भैरहवाका केशव पोखरेल, लायन्स क्लब अफ सिद्धार्थनगर युथ शिवु आले र लायन्स क्लब अफ भलवारीका सुशिल गौतमको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

WhatsApp Image 2023-08-07 at 10.52.04 PM.jpeg