२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

जेसीआई सिद्धार्थ लेडीद्वारा साइबर क्राइम सम्बन्धी कार्यक्रम 

सोमवार , श्रावण २२, २०८०

भैरहवा, २२ साउन ।

जेसीआई सिद्धार्थ लेडी, नेपालले साइबर क्राइम सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । समाजमा साइबर अपराधका घटनामा वृद्धि भएपछि साइबर क्राइमबारे जनचेतनामूलक कार्यक्रम गरिएको कार्यक्रम संयोजक संगिता शर्माले जानकारी दिइन् । 

जेसीआई सिद्धार्थ लेडीले भैरहवास्थित पश्चिमाञ्चल इङलिस स्कूलमा आयोजना गरेको उक्त कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षकशिक्षिका जेसीजका सदस्यहरुलगायत विभिन्न संघ–संस्थामा आबद्ध १५० जना बढीको सहभागीतामा रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी निरीक्षक सविता जिसी सेनले साइबर अपराधबारे जानकारी दिएकी थिइन् । उनले सामाजिक सञ्जालको सही प्रयोग नगर्नाले कतिपय अन्जानमा पनि साइबर अपराधमा पर्ने गरेको बताउँदै सामाजिक सञ्जालको प्रयोग सही रुपमा गर्नुपर्नेमा जोड दिइन् । 

366249783_870222261312357_6943227763812655173_n.jpg

जेसीआई सिद्धार्थ लेडी, नेपालकी अध्यक्ष विष्णु पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजु शर्मा ढकाल, प्रबन्ध निर्देशक रितु ढकाल, निलु श्रीसलगायतले बोल्दै साइबर अपराधका विषयमा जागरुक हुन आग्रह गरे । 

जेसीज महिना अन्तर्गत जेसीआई सिद्धार्थ लेडीले स्वास्थ्यका लागि दौड, जुम्बा डान्स, भैरहवास्थित शिव मन्दिरमा प्रसाद वितरणलगायतका कार्यक्रम सम्पन्न गरेको जेसीजकी पूर्वअध्यक्ष रचना क्षेत्रीले जानकारी दिइन् ।