२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

महालक्ष्मी विकास बैंकको नाफा ४७.९५ प्रतिशतले घट्दा अन्य सूचकहरु कस्ता छन् ?

सोमवार , श्रावण २२, २०८०

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • काठमाडौ, २२ साउन । 
    महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४७.९५५ ले थोरै हो । अघिल्लो वर्ष बैंकले ९० करोड ४७ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ०.४५ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ४२.५७ प्रतिशतले घटेको छ । 

    इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो । यसअवधिमा बैंकको वितरणयोग्य नाफा पनि १९.९३५ ले घटेर ३३ करोड ६३ लाख रुपैयाँमा झरेको छ । बैंकको निक्षेप संकलन २०.१८ प्रतिशत र कर्जा लगानी ६.९५ प्रतिशतले बढेको छ । यसको खराब कर्जा २.४३ प्रतिशतबाट बढेर ३.५१ प्रतिशतमा आएको छ । 

    महालक्ष्मीको प्रतिशेयर आम्दानी घटेर ११ रुपैयाँ २९ पैसा (वार्षिक) मा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५६ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा छ ।