
सोमवार , श्रावण २२, २०८०
रुपन्देही, २२ साउन ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकको सिद्धबाबामा सडमाथिबाट ढुंगा खसेर जीपमा लाग्दा ३ जना घाइते भएका छन् । तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित सिद्धबाबा नजिकै हेडबक्सनिर गुडिरहेको जीपमाथि ढुंगा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । घटना बिहान करिब साढे ६ बजे भएको हो ।
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको अवस्थमा माथिबाट एक्कासी ढुंगा खस्दा लु २ च २८४९ नम्बरको जीप चालकसहित ३ जना घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सडक भने हाल सुचारु रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij