२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगरद्वारा विभिन्न निर्णय 

आइतवार , श्रावण २१, २०८०

भैरहवा, २१ साउन ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको प्रथम पूर्ण बैठक आइतबार भैरहवामा सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले ११ सदस्यीय सचिवालय सदस्य गठन गरेको छ । सचिवालय सदस्यहरुमा प्रविन आचार्य, मनिषराज पाण्डे, अमित शर्मा पौडेल, विक्रम यादव, सुनिता अर्याल (शर्मा), सौरभ श्रेष्ठ, रुद्र बहादुर वि.क., थमन थापा, राममुक्ति महतो, संजिव श्रेष्ठ र सरस्वती शाक्य रहेका छन् ।

त्यस्तै बैठकले केन्द्रीय सर्कुलर अनुसार यही साउन २७ गते शनिबार वृक्षारोपण गर्ने निर्णय गरेको राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष प्रविन आचार्यले बताए । त्यस्तै भदौ १६ गते शनिबार रक्तदान गर्ने बैठकले निर्णय गरेको आचार्यले जानकारी दिए । त्यसै गरी बैठकले वडा अधिवेशनहरु गर्ने र सदस्यता वितरण गर्ने निर्णय गरेको उनले बताए ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य किरण नेपालको प्रमुख आतिथ्यता, एमाले सिद्धार्थनगर कमिटी उपाध्यक्ष अर्जुन गिरी, राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश आयोजक कमिटी सदस्य कृष्ण मल्ल ठकुरी, रुपन्देही जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज विशाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य सम्झना के.सी., जिल्ला सदस्य सम्झना थापालगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

विक्रम यादवको स्वागत मन्तव्यमा भएको कार्यक्रममा किरण नेपाल, कृष्ण मल्ल ठकुरी, अर्जुन गिरीलगायतले मन्तव्य राखेका थिए ।