
आइतवार , श्रावण २१, २०८०
भैरहवा, २१ साउन ।
रोट्रयाक्ट क्लब अफ रुपन्देहीका अध्यक्ष शिशिर न्यौपानेले आफ्नो जन्मदिन नेपाल अविनाश अनाथ आश्रममा मनाएका छन् । २७ वर्षिय न्यौपानेले शनिबार तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित आश्रम पुगेर त्यहाँ रहेका बालबालिकालाई खाना खुवाएका हुन् । प्रत्येक वर्ष उनले जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको क्लबले जनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष श्रीकृष्ण ज्ञवालीले क्लबका अध्यक्ष न्यौपानेको जन्मदिनमा आयोजना गरिएको कार्यक्रम सराहनीय रहेको बताए ।
उक्त कार्यक्रममा क्लबका पूर्वअध्यक्ष प्रताप भण्डारी, सुरेश भण्डारीलगायतले शिशिर न्यौपानेको जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।
क्लबका अध्यक्ष न्यौपानेको अध्यक्षता, उपाध्यक्ष राम प्रकाश पाण्डेको स्वागत तथा सचिव भीम न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष अनिल कुमार अर्याल, रोट्रयाक्ट क्लबका सदस्यहरु आश्रममा रहेका बालबालिकालगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij