
शनिवार , श्रावण २०, २०८०
भैरहवा, २० साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९, रुपन्देहीको आयोजनामा शनिबार निःशुल्क एकदिने स्तन क्यान्सर सचेतना कार्यक्रम तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
डिल्लीमाया मेमोरियल ब्रेस्ट क्यान्सर फाउण्डेशनको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको रास्वपा सिद्धार्थनगर नगर समितिका संयोजक सुमन न्यौपानेले बताए । कार्यक्रममा ६१ जनाको उपस्थिति रहेको न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा स्तन क्यान्सर विशेषज्ञ डा. संजय पाण्डेले स्तन क्यान्सरको बारेमा जानकारी गराएका थिए ।
त्यस्तै रास्वपा लुम्बिनी प्रदेश सदस्य तथा रुपन्देही जिल्ला निवर्तमान संयोजक प्रकाश ज्ञवालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
रास्वपा सिद्धार्थनगर–९ समितिका संयोजक ओमराज पन्तको अध्यक्षता तथा सचिव राम बहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा समिति उपसभापति तथा कार्यक्रम संयोजक कमला मरासिनीले यस्ता कार्यक्रममार्फत क्यान्सरसम्बन्धी धेरै कुरा जान्ने अवसर पाइएको बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij