२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

‘लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ’ को ८० औं श्रृंखला पूरा

शनिवार , श्रावण २०, २०८०

भैरहवा, २० साउन ।
लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङले ८० औं श्रृंखला पूरा गरेको छ । यो तालिम भैरहवामा गत २ वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आइरहेकोे शनिबार आयोजित कार्यक्रमका अध्यक्ष घनश्याम बेल्बासेले बताए ।
साथै तालिममा नेतृत्व क्षमताका निम्ति कार्यक्रम सञ्चालनका विभिन्न अभ्यास गराउँदै आइरहेको उपस्थितिलाई स्वागत गर्दै कार्यक्रमका संयोजक तथा खाद्यान्न व्यवसायी दीपक अर्यालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि नमस्ते एकेडमीका भाइस प्रिन्सिपल लिलामणि पाण्डेले लिडरसप तालिमले हाम्रो जीवनशैलीमा परिवर्तन ल्याउन सक्ने बताए । यस प्रकारको तालिममा विद्यार्थी शिक्षकहरुलाई पनि सहभागी हुने आग्रह गरे ।

कार्यक्रमका अर्का अतिथि लुम्बिनी मनिचेन्जर व्यवसायी संघका पूर्वअध्यक्ष गोपाल भण्डारीले यो तालिमले बोल्न सक्ने वक्ता  मात्र नभइ अशल श्रोता बन्न पनि सिकाएको अनुभव सुनाए ।

तालिममा प्रशिक्षार्थीहरुले विभिन्न पदीय जिम्मेवारीको भूमिका निर्वाह गर्नुपर्ने अभ्यासले यसको आकर्षण बढ्दै गएको मुनलाइट आवासीय माध्यमिक विद्यालयका सञ्चालक समिति सदस्य तथा   कार्यक्रम सञ्चालक त्रिलोकी गुप्ताले बताए ।

शनिबार भएको कार्यक्रममा ८० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको आयोजकले जनाएका छन् । तालिममा ३ समूह विभाजन गरी बैठक सञ्चालन विधिवारे अभ्यास गराइएको व्यवस्थापन समितिका सदस्य तथा सिद्धार्थ संजाल, रुपन्देहीका कार्यसमिति सदस्य, व्यवसायी हरिश सेठियाले बताए ।

समूहको सहजीकरण सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका सचिव मंगल भण्डारी र संघका कार्यसमिति सदस्य अभिनव मयुर कसौधनले गरेका थिए । व्यवसायी श्याम घिमिरे, उद्यमी मीना नेपाल पन्थी र अरुण लामिछाने रहेको मूल्यांकन समितिले  समूहको मूल्यांकन गरेका थिए ।

WhatsApp Image 2023-08-05 at 7.46.09 PM.jpeg

तालिमको ८० औं श्रृंखलालाई तालिमका प्रशिक्षार्थीसमेत रहेका  बोन जे टुरका सञ्चालक संजिव जोशीले प्रायोजन गर्नुभएको तालिम सचिवालयका सदस्य विरेन्द्र ज्ञवालीले बताए । तालिमको  प्रस्तुति विजय पाण्डेले गर्दै आइरहेका छन् । लुम्बिनी प्रेस क्लबका आजीवन सदस्यसमेत रहेका पाण्डेले विभिन्न संघ–संस्थाहरुमा नेतृत्वसीप क्षमता अभिवृद्धिसम्बन्धि तालिममा प्रशिक्षण दिदै आएका छन् ।