२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

भैरहवाको देवकोटा चोकमा दुई करोड लगानीमा दिव्यम स्वीट्स संचालनमा

शनिवार , श्रावण २०, २०८०

भैरहवा, २० साउन ।
उद्योगी श्याम अग्रवाल तथा उनका परिवारले भैरहवामा मिठाई पसल सञ्चालनमा ल्याएका छन् । उद्योग क्षेत्र धरासायी बन्दै गएपछि व्यवसायिक रुपमा मिष्ठान्न पसल सञ्चालनमा ल्याएको उनले बताएका छन् । 

भैरहवाको देवकोटा चोकमा २ करोडको लगानीमा दिव्यम स्वीट्स एण्ड स्न्याक्स सन्चालनमा आएको हो । जेठको अन्तिम साताबाट सञ्चालनमा आएको दिव्यम स्वीटसमा २५/३० प्रकारका मिठाई तथा साउथ इण्डियन, नर्थ इण्डियन, विभिन्न चाट, चाइनिज परिकार, विभिन्न पेयपदार्थ एवं खाना र खाजाका परिकार पाइने सञ्चालक श्याम अग्रवालले जानकारी दिए । 

दिव्यम स्वीट्स एण्ड स्नयाक्समा बट्टाको तौल नलिइ विशुद्ध मिठाइ मात्रै तौलेर ग्राहकलाई उपलब्ध गराएको दिव्यमका प्रबन्धक अभिषेक अग्रवालले जानकारी दिए । ग्राहकले आफूले खाएको अथवा खरिद गरेको वस्तुको भ्याट बील पाउने व्यवस्था रहेको उनले बताए । 

IMG_20230805_092641.jpg

सञ्चालक अग्रवालका अनुसार दिव्यममा रातीको ८ बजे देखि १० बजेसम्म छेना मिठाईहरुमा ३० प्रतिशत छुट र साउन महिनाभर सबै प्रकारका मिठाईमा १० प्रतिशत छुटको व्यवस्था रहेको छ । दिव्यममा ग्राहकले प्रत्यक्ष देख्न र हेर्न सक्ने गरी हरेक परिकार बनाइने गरी भान्सा कोठा तयार गरिएको छ । 

मिठाईको हब रहेको भैरहवामा दिव्यमले फरक ब्राण्ड स्थापना गर्ने गरी मिष्ठान्न पसलको सुरुवात गरेको सञ्चालक अग्रवालको भनाइ छ । नेपाली तथा भारतीय ग्राहकलाई लक्षित गरी मिठाई पसल ल्याएका हौं । अग्रवालले भने, ‘अहिले मोतिचूर र बूंदीको लड्डु एवम छेनाजन्य मिठाइको माग बढ्दो रहेको छ ।’