२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो सेयर रोक्का रहने

बुधवार , श्रावण १७, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौ, १७ साउन ।  सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने भएको छ । सिडीएससीले डिम्याट नवीकरण नगर्ने लगानीकर्ताको भदौ १५ देखि मेरो सेयर रोक्का राख्ने जनाएको हो ।


    लगानीकर्ताहरुले डिम्याट नवीकरण नगरि मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गर्न थालेपछि सिडीएससीले यस्तो निर्णय गरेको हो। आईपीओ मात्र भरी दोस्रो बजारमा कारोबार नगर्ने र मेरो शेयरमात्र नवीकरण गर्ने प्रवृत्ति बढेपछि त्यसलाई न्यूनीकरण गर्न डिम्याट खाता नवीकरण नगरे सम्म मेरो शेयर पनि रोक्का राख्ने भएको हो ।


    डिम्याट खाता नवीकरण गर्दा वार्षिक रुपमा १०० तिर्नुपर्छ भने मेरो शेयर नवीकरण गर्दा ५० तिर्नुपर्ने व्यवस्था रहेको छ । लगानीकर्ताले डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनुअघि निक्षेप सदस्य डीपी लाई बुझाउने व्यवस्था रहेको छ ।

    यसको विपरित शुल्क नतिर्ने लगानीकर्ताको डिम्याट खाता निक्षेप सदस्यले रोक्का राख्ने गरेको छ ।