
बुधवार , श्रावण १७, २०८०
काठमाडौं, १७ साउन ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले तस्करी मौलाउँदै गएपछि राजस्व कम उठेको बताएका छन् ।
सुन तस्करी प्रकरणको चर्चा परिचर्चा भइरहेको बेला एमाले महासचिव पोखरेलले सो आरोप लगाएका हुन् ।
‘यतिबेला अस्वभाविक रुपमा राजस्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रुपमा तस्करतन्त्र र दलाल नोकरशाही पूँजीवादलाई संरक्षण गर्नुको परिणाम हो, सरकारको गलत आर्थिक नीति र राजस्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजस्वमा कमी आउँदा पूँजीगत खर्च कम हुन गइ समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको छ,’ उनले भने, ‘तर, सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन । यसप्रति सबै सरोकार पक्षको ध्यान जानुपर्दछ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij