२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

नेपालमा पेट्रोल–डिजेलको भाउ बढ्यो, ग्यासको घट्यो

मंगलवार , श्रावण १६, २०८०

काठमाडौं, १६ साउन । 
सरकारले पेट्रोल, डिजेल, मट्टीतेलको भाउ बढाएको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको र ग्यासको घटाएको हो ।

निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढाएको जानकारी दिएको छ । त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ १४ पैसा र डिजेलमा ६ रूपैयाँ ८६ पैसा बढाएर नयाँ मूल्यसूची पठाएको छ । ग्यासमा भने प्रतिसिलिण्डर ११७ रूपैयाँ ६२ पैसा घटाएर पठाएको छ । हवाई इन्धनको भाउ भने यथावत छ ।