२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

जेसीआई सिद्धार्थ नेपालद्वारा ब्रेन ट्युमर बिरामीको उपचारका लागि आर्थिक सहयोग

मंगलवार , श्रावण १६, २०८०

भैरहवा, १६ साउन ।
जेसीआई सिद्धार्थ, नेपालले ब्रेन ट्युमर बिरामीको उपचारको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ प्रभातपथकी श्रद्धा श्रेष्ठको उपचारका लागि नगद रु. ५० हजार प्रदान गरेको हो ।

आइतबार जेसीआई सिद्धार्थ नेपालको सचिवालयमा श्रेष्ठको परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२३ का महासचिव तथा नगद हस्तान्तरण कार्यक्रम संयोजक हरिलाल जयसवालले बताए ।

जेसीआई नेपाल वर्ष २०२३ का अध्यक्ष मनोज भण्डारीको सभापतित्व तथा महासचिव हरिलाल जयसवालको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष, पदाधिकारी, पूर्वअध्यक्षहरु, सल्लाहकारहरुलगायतको उपस्थिति रहेको थियो । त्यस्तै संस्थाले बिरामी भइ उपचाररत श्रद्धा श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेको छ ।