२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

युवाहरु विदेश पलायन हुने कारण र त्यसले समाजमा पारेको असरबारे छलफल 

सोमवार , श्रावण १५, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • बुटवल, १५ साउन । 
    नेपाली युवाहरुलाई विदेश पलायन रोकी स्वदेशमा नै उद्यमीकरण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले स्वदेशमा नै युवा उद्यमीकरणका गर्दै देशलाई आर्थिक संकटबाट जोगाउनुपर्ने कुरामा जोड दिएका छन् । नेपाली युवा उद्यमी मञ्चले रुपन्देहीको मणिग्राममा युवाहरु विदेश पलायन हुने कारण र त्यसले समाजमा पारेको असरबारे छलफल गरेको छ । 

    कार्यक्रममा संघीय सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य डा. स्वर्णिम बाग्लेले देशको नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र भविष्यका बारेमा आफनो धारणा राखेका थिए ।

    त्यसै गरी संघीय सांसद मनिष झाले नेपालको अर्थतन्त्रबारेमा आफ्नो धारणा राख्दै अर्थतन्त्र बलियो बनाउन सके मात्र विकासले गति लिन सक्ने बताए । 

    नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, संघका पूर्वअध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, सिटिजन्स ईन्टरनेशनल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठ, शिखर ईस्योरेन्सका प्रदेश प्रमुख किरण काफ्ले लगायतले बोल्दै युवाहरुलाई स्वदेशमै स्वरोजगारी वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।