२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

रोहिणी गाउँपालिकामा दुई दिन सार्वजनिक विदा 

शनिवार , श्रावण १७, २०७७

  • 6.9K
    Shares
  • 6.9K
    Shares
  • भैरहवा, १७ साउन ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाले आइतबार र सोमबार सार्वजनिक विदा दिएको जनाएको छ । ईद–उल–अजहा (बकरीद)को अवसरमा आइतबार तथा रक्षाबन्धनको अवसरमा सोमबार गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । 

    गाउँपालिकाले एक सूचना जारी गर्दै आइतबार तथा सोमबार गाउँपालिका र यस अन्र्तगतका सम्पूर्ण कार्यालय एवं शैक्षिक संस्थाहरुमा सार्वजनिक विदाको घोषणा गरेको हो । 

    116904019_690107911715593_9199059261942554460_o.jpgगाउँपालिका अध्यक्ष सनोज कुमार यादवले अहिले कोभिड–१९ का कारण विषम परिस्थिति रहेको कारण सावधानीपूर्वक चाडपर्वहरु मनाउन अपिल गरेका छन् ।