२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

‘भैरहवा युवा सञ्जाल, रुपन्देही’ गठन, अध्यक्षमा गुप्ता

शनिवार , श्रावण १३, २०८०

भैरहवा, १३ साउन ।

भैरहवामा युवाहरुको भेला सम्पन्न भएको छ । शनिबार भएको भेलाले बैजनाथ गुप्ता (बी.एन.) को अध्यक्षतामा ७ सदस्यीय ‘भैरहवा युवा सञ्जाल, रुपन्देही’ गठन गरेको हो ।

सञ्जालको तदर्थ समितिको उपाध्यक्षमा हरि बहादुर पाण्डे, सचिवमा मनोज कुमार ढाडी र कोषाध्यक्षमा मनोज बानिया रहेका छन् । त्यस्तै सदस्यहरुमा कुञ्ज बिहारी कोहार, प्रमोद हरिजन र शुभम शुक्ला रहेका छन् ।

युवाहरुको सहभागीतामा विभिन्न सामाजिक कार्य गर्नेलगायत उद्देश्यले संस्था गठन गरिएको सञ्जालका अध्यक्ष गुप्ताले बताए । मोबाइल व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष गुप्ता लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयका प्रमुख राजनीतिक सल्लाहकारसमेत हुन् ।