
शनिवार , श्रावण १३, २०८०
बर्दिया, १३ साउन ।
बर्दियामा विश्व बाघ दिवस–२०२३ मनाइएको छ । दिवसको अवसरमा शनिबार ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा र्याली निकालिएको छ । बाघ चोकबाट निस्किएको बाघ संरक्षण सचेतना र्याली नगरका विभिन्न स्थानको परिक्रमा गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा पुगेर समापन भएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा निकालिएको र्यालीमा विद्यार्थी, पर्यटन व्यवसायी, संरक्षणकर्मी, स्थानीयबासी, कर्मचारीलगायतको सहभागीता रहेको थियो । त्यसअघि ठाकुरद्वारास्थित चोकमा निर्माण गरिएको बाघको सालिकमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक भण्डारीलगायतले पूजा गरेका थिए ।
र्यालीपश्चात आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बाघको संख्यामा वृद्धि हुनु सकारात्मक रहेको बताए । उनीहरुले बढ्दो बाघको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । बाघ र मानिसबीचको द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमसँगै स्थानीयलाई आयआर्जनमा जोड्नुपर्ने उनीहरुको भनाइ छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक भण्डारीकाअनुसार हाल बर्दियामा बाघको संख्या १२५ रहेको छ ।
तस्विर : रबिन्द्र प्रताप गुप्ता/खबरपात्रो
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij