
शुक्रवार , श्रावण १२, २०८०
भैरहवा, १२ साउन ।
प्राईम कमर्सियल बैंक लिमिटेड भैरहवा शाखाले श्री रणअम्बिका शाह आँखा अस्पताललाई ६ थान वाल ट्रान्सफर्मर हस्तान्तरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच प्राईम बैंकका लुम्बिनी प्रदेश प्रमुख कुस सुदन सिंहले अस्पतालका अध्यक्ष सागरप्रताप राणालाई उक्त वाल ट्रान्सफर्मर हस्तान्तरण गरेका हुन् ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई तिन लाख अठार हजार बराबरको ६ थान वाल ट्रान्सफर्मर हस्तान्तरण गरेको प्राईम बैंकका बेथरी शाखा प्रमुख लोकमणि भट्टराईले जानकारी दिए ।
कार्यक्रममा प्राईम बैंकका भैरहवा शाखा प्रबन्धक बाबुराम अर्याल, आँखा अस्पतालका मेसु मेडिकल डाइरेक्टर डा. ज्ञानेन्द्र लामिछाने, वित्त शाखा प्रमुख भेष बिक्रम थापा लगायतले बोलेका थिए । अस्पतालका अध्यक्ष सागरप्रताप राणाको अध्यक्षता, भेष विक्रम थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा डा. शुसिला पटेल, डा. कविन्द्र बज्राचार्य, अस्पतालका विभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij