२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

जेसीआई सिद्धार्थ लेडीद्वारा जेसीज महिना सुरु

शुक्रवार , श्रावण १२, २०८०

भैरहवा, १२ साउन । 
जेसीआई सिद्धार्थ लेडी, नेपालले जेसीज महिना मनाउने भएको छ । विगतका वर्षहरुमा जेसीज सप्ताह गर्दै आएको सिद्धार्थ लेडीले यसपटक भने जेसीज महिना मनाउन लागिएको अध्यक्ष विष्णु पाण्डेले जानकारी दिइन् । उनले अभियानलाई महिनाभरी सञ्चालन गर्ने सोचका साथ जेसीज महिना मनाउन लागिएको बताइन् । जेसीआई सिद्धार्थ लेडीले भैरहवामा पत्रकार सम्मेलन गरी जेसीज महिनामा हुने कार्यक्रमको जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार साउन १२ गते स्थापना दिवसको अवसरमा ईरिक्सा चालक महिलालाई सम्मान तथा नगद हस्तान्तरण कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक संगीता आर्चायले जानकारी दिइन् । 

साउन १३ गते पात गास्ने प्रतियोगिता, १५ गते प्रसाद वितरण एवं फोहर व्यवस्थापन कार्यक्रम, १९ साईबर अपराध सचेतना कार्यक्रम, २० स्वास्थ्यका लागि दौड, २६ गते वृक्षारोपण कार्यक्रम, २७ गते युवाहरुका लागि मानसिक स्वास्थ्य सचेतना, भदौ २ गते समापन कार्यक्रम राखिएको पूर्वअध्यक्ष रचना क्षेत्रीले जानकारी दिइन् । 

पूर्वअध्यक्ष क्षेत्रीका अनुसार जेसीजमा आबद्ध सबैजसो जागिर तथा व्यवसायमा भएको तथा सबैलाई सबै कार्यक्रममा सहभागी गराउनका लागि जेसीज सप्ताहलाई बढाएर जेसीज महिना मनाउन लागिएको हो ।