
शुक्रवार , श्रावण १२, २०८०
भैरहवा, १२ साउन ।
साई ग्लोबल एकेडमी (साई ग्लोबल माध्यमिक विद्यालय र कलेज) सिद्धार्थनगर–८, रुपन्देहीले बिहीबार भैरहवामा अभिमुखीकरण कार्यक्रम गरेको छ । विद्यालयमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले बताए ।
कार्यक्रममा प्रशिक्षक डा. विष्णु मरासिनीले उच्च शिक्षा किन लगायत विषयमा सहजीकरण गरेका थिए । त्यस्तै अर्का प्रशिक्षक सौनक भट्टले प्रेरणादायक मन्तव्य राखेका थिए ।
एकेडमीका प्राचार्य कौशलराज गौतमको सभापतित्व, अध्यक्ष हरि बहादुर थापाको प्रमुख आतिथ्यता, प्रबन्ध निर्देशक मोती प्रसाद पौडेल, प्रशिक्षक, उत्प्रेरक सौनक भट्ट र स्वास्थ्य मन्त्रालयका स्रोत व्यक्त तथा वैज्ञानिक डा. विष्णु मरासिनीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
एकेडेमीकी लेक्चरर पुष्पा रायमाझीको स्वागतमा भएको कार्यक्रमको सञ्चालक सञ्चारकर्मी खेमराज रेग्मीले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij