२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

लम्पीस्किनविरुद्ध खोपको उचित व्यवस्था गर्न राप्रपा लुम्बिनीको माग

बिहिवार , श्रावण ११, २०८०

भैरहवा, ११ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले लम्पीस्किनबाट चौपाया संक्रमित हुँदा र सबै क्षेत्रमा खोपको उचित व्यवस्था नहुँदा लुम्बिनी प्रदेशका किसानहरुलाई करोडौंको नोक्सान पुगेको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ । राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपकुमार उदयले बुधबार विज्ञप्ती जारी गर्दै तत्काल यस विषयमा गम्भिर भइ खोपको व्यवस्था गरी किसानहरुलाई नोक्सान हुनबाट जोगाउन प्रदेश सरकारसँग माग गरेका छन् ।
नेपालमा यो रोग पहिलोपटक विसं २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईमा देखा परी हालसम्म ७६ जिल्लामा यो रोग पुष्टि भएको छ । यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्यपहाडी तथा पहाड़ी क्षेत्रमा रहेका पशु बढी प्रभावित भएका छन् ।

357114219_250232757805669_1928028768919651128_n.jpg